ललितपुर महानगरमा चिरीबाबु महर्जन चार हजारभन्दा धेरै मतले अगाडि

 जेठ ३, २०७९ मंगलबार १०:२९:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ललितपुर महानगरपालिकामा  नेपाली कांग्रेसका मेयर उम्मेदवार चिरीबाबु महर्जनको अग्रता कायमै छ ।

१३ हजार २ सय १६ मत गन्दा महर्जनले ७ हजार ४ सय १० मत ल्याउनु भएको छ। उहाँका प्रतिस्पर्धी हरिकृष्ण व्यञ्जनकारले ३ हजार १ सय ९२ मत पाउनु भएको छ ।

यस्तै, उपमेयरमा भने एमालेलाई अग्रता छ ।

एमालेका उम्मेदवार मञ्जली शाक्यले ३ हजार ८ सय मत पाउँदा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले २ हजार ३ सय २६ मत पाउनु भएको छ ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया