सर्लाहीकाे काैडेना गाउँपालिकाकाे अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

 जेठ ३, २०७९ मंगलबार १५:१३:१४ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – सर्लाहीको कौडेना गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रूपेशकुमार यादव निर्वाचित हुनुभएको छ । 

यादव पाँच हजार दुई सय ८१ मत ल्याएर अध्यक्षमा विजयी हुनुभएकाे हाे । उहाँका प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार राज नन्दन प्रसादले दुई हजार चार ४१ मत प्राप्त गर्नुभयाे ।  

गाउँपालिकाकाे उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै नगिना देवी निर्वाचित हुनुभएकाे छ । 

देवी चार हजार नाै सय ६३ मत प्राप्त गरी विजयी हुनुभएकाे छ । उहाँका प्रतिस्पर्धी जसपाकी उम्मेदवार पवलिदेवी यादवले दुई हजार ६ सय ६२ प्राप्त गर्नुभयाे । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया