सुर्खेतकाे चिङ्गाड गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

 जेठ ३, २०७९ मंगलबार १६:२६:५९ | मुना हमाल
unn.prixa.net

सुर्खेत – सुर्खेतकाे चिङ्गाड गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । 

गाउँपालिका अध्यक्षमा एमालेका बोध विक्रम जिसी ५१ मत अन्तरले विजयी हुनुभएको छ । उहाँले तीन हजार पाँच सय ९१ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका डोरप्रसाद शर्माले तीन हजार पाँच सय ३० मत ल्याउनुभयाे ।  

उपाध्यक्षमा एमालेकी मीनाकुमारी रोकाय तीन हजार पाँच सय ८१ मत ल्याएर विजयी हुनुभयाे । उहाँका प्रतिस्पर्धी कांग्रेसकी मनमाया आचार्यले तीन हजार चार सय ६९ मत ल्याउनुभयो । 
गाउँपालिकाका छ वटा वडा रहेकोमा एमाले र कांग्रेसले तीन/तीन वटा वडा जितेका छन् ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया