सिन्धुपाल्चाेककाे इन्द्रावती गाउँपालिकाकाे अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

 जेठ ३, २०७९ मंगलबार १७:२२:४८ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चाेक – सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएकाे छ ।

अध्यक्षमा एमालेका झम्क नेपाल सात हजार एक सय २७ मत ल्याएर विजयी हुनुभयाे । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका विकास लामाले ६ हजार एक सय ६८ मत प्राप्त गर्नुभयाे । अध्यक्षमा विजयी नेपाल यसअघि २०७४ को चुनावमा कांग्रेससँग पराजित हुनुभएकाे थियाे । 

यस्तै उपाध्यक्षमा पनि एमालेकी शोभना तामाङ विजयी हुनुभएकाे छ । उहाँले कांग्रेसकी दया मिश्रलाई पछि पार्नुभयाे । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया