सर्लाहीको पर्सा गाउँपालिकामा नेपाली कांग्रेसको जित

 जेठ ४, २०७९ बुधबार ५:५६:७ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – सर्लाहीको पर्सा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका धिरेन्द्र राय निर्वाचित हुनुभएको छ । 

उहाँले ४ हजार ४ सय ६६ मत  ल्याउँदा प्रतिस्पर्धी  जनता समाजवादी पार्टीका (जसपा) का उम्मेदवार दिनेश कुमार यादवले १ हजार ८ सय ५८ मत मात्र  प्राप्त गर्नुभएको छ। 

त्यसैगरी उप प्रमुखमा पनि नेपाली कांग्रेसकै नतुन देवी २ हजार ३९ मत प्राप्त गरी निवार्चित हुनुभएको छ । उपप्रमुख देवीका निकटतम् प्रतिस्पर्धी जसपाका उम्मेदवार नसरुल खातुनले एक हजार ४१ प्राप्त गर्नुभएको छ।
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया