सर्लाहीको हरिपुर्वा नगरपालिकाको मेयरमा नेपाली कांग्रेस विजयी

 जेठ ४, २०७९ बुधबार ८:४८:२४ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – सर्लाहीको हरिपुर्वा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका विनोद साह तेली निर्वाचित हुनुभएको छ । 

उहाँले  ५ हजार ९९ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी जसपाका उम्मेदवार  योगनारायण रायले ३ हजार ४९५ मत प्राप्त गर्नुभएको हो। 

त्यसैगरी उप प्रमुखमा नेपाली कांग्रेसकै सुमित्रादेवी ग्वारनी ४ हजार ३९१ मत प्राप्त गरी निवार्चित हुनुभएको छ ।

उप प्रमुख  ग्वारनीका निकटतम् प्रतिस्पर्धी जनता समाजवादीका पार्टीका उम्मेदवार सुनितादेवी यादवले ३४ मत प्राप्त गर्नुभएको छ।
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया