सर्लाहीकाे चन्द्रनगर गाउँपालिका अध्यक्षमा कांग्रेसका महताे विजयी

 जेठ ४, २०७९ बुधबार १३:३६:१७ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – सर्लाहीको चन्द्रनगर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजकुमार महतो निर्वाचित हुनुभएको छ । 

उहाँले तीन हजार तीन सय ९५ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार लेकेन्द्र महतोले दुई हजार आठ सय ८५ मत मात्र प्राप्त गर्नुभयाे । 

त्यसैगरी उपमेयरमा माओवादी केन्द्रकी गीतादेवी महतोले तीन हजार आठ सय ६० मत प्राप्त गरी निवार्चित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार मन्जुदेवीले दुई हजार नाै सय ८५ प्राप्त गर्नुभयाे । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया