सर्लाहीको वाग्मती नगरपालिकामा माओवादीका उम्मेदवार विजयी

 जेठ ४, २०७९ बुधबार १७:४९:३३ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – जेठ ४ सर्लाहीको वाग्मती नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका भरतकुमार थापा निर्वाचित हुनुभएको छ । उहाँले ११ हजार ३७५ मत ल्याउँदा निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार टंकबहादुर बस्नेतले सात हजार ३६८ मत प्राप्त गर्नुभएको हाे ।

त्यसैगरी उपमेयरमा पनि माओवादी केन्द्रकै लीलाकुमारी मोक्तान दश हजार ८७९ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उपमेयर मोक्तानका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सरिता घिसिङले सात हजार ७०५ प्राप्त गर्नुभएको छ।

अन्तिम अपडेट: चैत २३, २०८०

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया