सन्धिखर्क नगरपालिका मेयर‍/उपमेयरमा एमाले विजयी

 जेठ ४, २०७९ बुधबार १८:५१:१३ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ । नगर  प्रमुखमा नेकपा एमालेका कृष्णप्रसाद श्रेष्ठ ११ हजार ३ सय ९६ मतका साथ  विजयी हुनुभएकाे छ । 
 निकटतम प्रतिद्वन्द्वी नेपाली  कांग्रेसका उम्मेदवार शान्ता भण्डारीले   ९ हजार ५ सय ३५ मत प्राप्त गर्नुभयाे । भण्डारीलाई १ हजार ८ सय १ मतले पछि पार्दै श्रेष्ठले मेयर जित्नुभएकाे हाे । 

२०७४ को पालिका चुनावमा पनि श्रेष्ठ एमालेको तर्फबाट उम्मेदवार हुनुहुन्थ्याे । त्यसबेला उहाँ नेपाली कांग्रेसका कमलप्रसाद भुसालसँग १ हजार १ सय ३ मतले पराजित हुनुभएकाे थिाये । 

यस्तै उपप्रमुखमा एमालेकै मिश्रा आचार्य विजयी हुनुभएकाे छ । आचार्यले ९ हजार ६ सय ४६ मत ल्याएर विजयी हुनुभएकाे हाे । गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका राजेन्द्र भुसालले ९ हजार १ सय ६८ मत ल्याउनुभयाे ।

सन्धिखर्कमा वडा नम्बर  १,३,४,५,८,११ र १२ मा नेपाली कांग्रेसले अध्यक्ष जितेको छ । २,६,७ र ९ वडामा  नेकपा एमालेले जित हासिल गरेको छ । १० नम्बर वडामा नेकपा माओवादी केन्द्रले जित हासिल गरेको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया