धनकुटाको सहिदभूमि गाउँपालिकामा एमाले विजयी

 जेठ ४, २०७९ बुधबार २०:३८:९ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा – गठबन्धनलाई पराजित गर्दै धनकुटाको सहिदभूमि गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

भर्खरै सम्पन्न मतपरिणाम अनुसार अध्यक्ष र उपाध्यक्षमा दोस्रो कार्यकालका लागि एमालेका मनोज राई र रत्नश्वरी राई निर्वाचित भएका हुन् । अध्यक्षमा एमालेका उम्मेदवार मनोज राईले चार हजार दुई सय १४ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका जीतबहादुर राईले चार हजार २७ मत प्राप्त गर्नुभयो । 

उपाध्यक्षमा एमालेकी रत्नश्वरी राईले चार हजार ६ सय ७२ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी कांग्रेसकी तोर्णबहादुर खड्काले तीन हजार तीन सय ७१ मत प्राप्त गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख २, २०८१

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया