लगातार दशाैं पटकसम्म वडाध्यक्ष जितेका व्यञ्जनकार अहिले पराजित

 जेठ ५, २०७९ बिहीबार ८:१३:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – २०२९ सालदेखि लगातार वडाध्यक्ष पदमा जित्दै आउनु भएका ललितपुर महानगर वडा नम्बर १० का वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार नरसिंह व्यञ्जनकार यस पटक भने पराजित हुनु भएको छ । 

यस पटक आफ्नै भतिज रविनमान व्यञ्जनकारसँग चुनाव लड्नु भएका व्यञ्जनकार २८२ मतान्तरले पराजित हुनुभएको हो ।

रविनमानले ८२५ मत ल्याउँदा नरसिंहले ५४३ मत पाउनु भयो । 

उहाँ अहिले ११ औं पटक स्वतन्त्र उम्मेदवारका रुपमा पुतली चिन्ह लिएर वडाध्यक्ष पदमा उठ्नु भएको थियो । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया