सर्लाहीकाे लालबन्दी नगरपालिकामा कांग्रेस विजयी

 जेठ ५, २०७९ बिहिबार ८:२४:५२ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही - सर्लाहीको लालबन्दी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका वासुदेव अधिकारी निर्वाचित हुनुभएको छ ।

उहाँले ९५६१ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार गोविन्द महतले ७८८३ मत प्राप्त गर्नुभयो । यस्तै, उपमेयरमा पनि नेपाली कांग्रेसकै कल्पना पाख्रिन  ८८५० मत प्राप्त गरी निवार्चित हुनुभएको छ ।

पाख्रिनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार शनसरीमायाले ८१५९ मत प्राप्त गर्नुभएको छ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया