अर्घाखाँचीको शीतगङ्गाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

 जेठ ५, २०७९ बिहिबार ९:१९:५ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची - अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाको मेयर पदमा कांग्रेस  र उपमेयरमा एमाले विजयी भएको छ ।

गठबन्धनबाट कांग्रेसका छविलाल पौडेलले मेयर पदमा १० हजार ७८ मत लिएर विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका वसन्त कुमार श्रेष्ठले ९ हजार ८९२ मत लिएर पराजित हुनुभएको हो ।

यस्तै उपमेयरमा नेकपा एमालेकी गीता भाटले १० हजार २८८ मत लिएर विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका टीकाबहादुर रेस्मीले ८ हजार ५७  मत प्राप्त गरेर पराजित हुनुभएको हो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया