जुम्ला गोठिचौरमा नेपाली कांग्रेस र समाजवादी विजयी

 जेठ ५, २०७९ बिहिबार १०:२:१५ | नेत्र शाही
unn.prixa.net

जुम्ला-  जुम्लाको गोठिचौर गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका दानबहादुर बुढा विजयी हुनुभएकाे छ । 

नेपाली कांग्रेस अध्यक्षका उम्मेदवार दानबहादुर बुढाले १ हजार ७७५ मत ल्याउँदा उहाँकाे निकटतम प्रत्यासी एकिकृत समाजवादीका जनक थकालीले १ हजार ६०४ मत ल्याउनु भएको छ ।

उपाध्यक्षमा एकिकृत समाजवादीका शान्ति कुमारी मल्ल भण्डारी विजयी हुनु भएको छ ।

उपाध्यक्ष भण्डारीले १ हजार ५०३ मत प्राप्त गर्नुभएको हो । प्रत्यासी नेकपा माओवादी केन्द्रका उपाध्यक्ष उम्मेदवार राजकन्य बुढाले १ हजार २१४ मत प्राप्त गर्नु भएकाे छ । 

गोठिचौरमा २०७४ सालमा नेकपा माओवादी केन्द्रका हरिबहादुर भण्डारी र जानदेवी ऐडिले जित हासिल गर्नु भएकाे थियाे । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया