फर्जीमतका विषयमा विवाद हुँदा पाल्पाको एक वडामा मतगणना हुन सकेन

 जेठ ५, २०७९ बिहिबार १०:२६:२२ | देव पचभैया
unn.prixa.net

पाल्पा - फर्जीमत खसेको विषयमा विवाद हुँदा पाल्पाको रम्भा गाउँपालिकाको एउटा वडामा मत गणना भएको छैन ।

वडा नम्बर ५ ताहुँको मतगणना गर्ने क्रममा ७४ फर्जी मत भेटिएपछि शनिबार साँझदेखि मतगणना स्थगित भएको हो ।

त्यस वडामा एमाले उम्मेदवार विजयी भएको घोषणा गरिएको थियो । विवाद पछि गठबन्धनका कार्यकर्ता र प्रहरीबीच झडपसमेत भएको थियो ।

निर्वाचन अधिकृतको कार्यालय रम्भाले विभिन्न चरणमा बैठक बसी स्थगित गतगणना सुरु गर्न प्रयास गरिएपनि सफल नभएको जनाएको छ । निर्वाचन आयोगले भने पुनः गणना गर्न निर्देशन दिएको जनाइएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया