धरान उप–महानगरमा स्वतन्त्र उम्मेदवार हर्क साङपाङकाे अग्रता कायमै

 जेठ ५, २०७९ बिहिबार १२:३:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

सुनसरी - सुनसरीको धरान उप–महानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साङपाङले अग्रता कायम गर्नु भएको छ ।

निर्वाचन अधिकृतको कार्यालय धरानले दिएको जानकारी अनुसार अहिलेसम्म २९ हजार ४ सय ६६ मतगणना सकिएको छ । स्वतन्त्र उम्मेदवार साङपाङले किशोर राईसँग १ सय ४७ मतको मतान्तर कायम गर्नु भएको छ ।

पछिल्लो मतपरिणाम अनुसार साङपाङले ८ हजार ५ सय ९ मत ल्याउँदा कांग्रेसका राईले ८ हजार ३ सय ६२ मत मात्रै ल्याउनु भएको छ । २०७४ को चुनावमा मेयर र उपमेयर जितेको एमाले भने तेस्रो स्थानमा पुगेको छ ।

एमालेकी मञ्जु भण्डारी सुवेदीले ६ हजार ८ सय ५८ मत ल्याउनु भएको छ ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया