नेपालगञ्ज उपमहानगर मेयरमा कांग्रेसकाे फराकिलाे अग्रता

 जेठ ५, २०७९ बिहिबार १४:४५:० | गोविन्द शर्मा
unn.prixa.net

बाँके - नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धन अगाडि छ । १८ वटा वडाको गणना सकिँदा मेयरमा नेपाली कांग्रेसका प्रशान्त विष्ट १८ हजार ३ सय ४८ मतसहित अगाडि हुनुहुन्छ ।

एमालेका पशुपति दयाल मिश्राले १० हजार ५ मत ल्याउनु भएको छ भने राप्रपाका नन्दलाल वैश्यले ६ हजार ५ सय ५४ मत पाउनु भएको छ ।

यस्तै, उपमेयरमा जसपाका कमरुद्धिन राई १३ हजार ३ सय ३० मतसहित अग्रस्थानमा हुनुहुन्छ । राप्रपाका विन्दु चर्तीमगरले ८ हजार ८ सय ८ पाउनु भएको छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया