सर्लाहीको चक्रघट्टा गाउँपालिकामा जसपा विजयी

 जेठ ५, २०७९ बिहिबार १८:२२:२३ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – सर्लाहीको चक्रघट्टा गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी जसपाका कृष्णकुमार यादव विजयी हुनुभएको छ । उहाँले ५ हजार ११५ मत ल्याउँदा प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रामजी साह तेलीले ३ हजार ५२१ मत मात्र प्राप्त गर्नुभएको हो ।

त्यसैगरी उपाध्यक्षमा पनि जनता समाजवादी पर्टीकै मिनादेवी राय ५ हजार ८५१ मत प्राप्त गरी निवार्चित हुनुभएको छ ।उपाध्यक्ष रायका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार विमला जैसवालले ३ हजार ७६० प्राप्त गर्नुभएको छ। २० पालिका रहेको सर्लाहीमा यो सहित १६ पालिकाको मत गणना सकिएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया