स्वतन्त्र उम्मेदवारकाे मत बढी आउनु दलहरूकाे निम्ति खतराकाे घण्टी : याेगेश भट्टराई

 जेठ ५, २०७९ बिहिबार १९:१५:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका सचिव याेगेश भट्टराईले काठमाण्डाै महानगरपालिकामा स्वतन्त्र उम्मेदवारकाे मत बढी आउनु दलहरूकाे निम्ति खतराकाे घण्टी भएकाे टिप्पणी गर्नुभएकाे छ । 

आज बिहीवार प्रतिनिधि सभा बैठकका लागि संसद् भवन बानेश्वर पुग्नुभएका सचिव भट्टराईले सञ्चारकर्मीसँग कुरा गर्दै यस्ताे बताउनुभएकाे हाे । उहाँले कांग्रेस, एमाले लगायतका ठूला दलहरूलाई चुनौती दिँदै स्वतन्त्र उम्मेदवारको मत बढी आउनु दलहरूको निम्ति खतराको घण्टी भएको बताउनुभएकाे हाे । 

त्यसैगरी सचिव भट्टराईले सत्ता गठबन्धनले एमालेका विरुद्ध राज्यसत्ताको दुरुपयोग गरेको आरोप लगाउनुभयो । गठबन्धनलाई परास्त गर्दै एमालेले ल्याएकोमत परिणाम निराशाजनक नभएको उहाँले बताउनुभयो । पार्टी हार्नुकाे कारण उम्मेदवार छनाेटमा कमजोरी हुनु रहेको उहाँकाे भनाइ छ । कतिपय ठाउँमा पार्टीलाई जिताउन नलागी विरोधीहरूलाई जिताउन साँठगाँठ गरिएको पनि उहाँले बताउनुभयो । 

सचिव भट्टराईले भन्नुभयो, ‘यस पटकको चुनावमा एमालेको विरुद्धमा गठबन्धन बनाइयो, त्यसले राज्यसत्तालाई एमालेका विरुद्ध दुरुपयोग गरियो । यो परिस्थितिमा एमालेले ल्याएकाे परिणाम निराशाजनक होइन ।’

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया