रुपन्देहीको सियारी गाउँपालिकाकाे अध्यक्षमा कांग्रेसका घिमिरे निर्वाचित

 जेठ ६, २०७९ शुक्रबार ८:३९:२५ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - रुपन्देहीको सियारी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएकाे छ ।

अध्यक्षमा थानेश्वर घिमिरे १० हजार ४५ मत ल्याएर विजयी हुनुभएकाे हाे । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका अयोध्या थारुले ७ हजार २ सय ६८ मत ल्याउनु भयो । थारु निवर्तमान पालिका अध्यक्ष हुनुहुन्छ ।

यस्तै, उपाध्यक्षमा ८ हजार ९ सय २० मत ल्याएर नेपाली कांग्रेसकी तारा थारु विजयी हुनु भएको छ । निवर्तमान उपाध्यक्ष रहनु भएकी एमालेकी अमृता गुरुङले ७ हजार २ सय ६९ मत प्राप्त गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया