पर्साकाे जगरनाथपुर गाउँपालिका अध्यक्ष/उपाध्यक्ष दुवैमा कांग्रेस विजयी

 जेठ ६, २०७९ शुक्रबार १३:३१:५६ | केसी लामिछाने
unn.prixa.net

पर्सा – पर्साको जगरनाथपुर गाउँपालिकामा नेपाली कांग्रेसले जित हात पारेकाे छ । पालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार श्रीकान्त यादव र उपाध्यक्षमा पनि कांग्रेसकी बबिता सिंह विजयी हुनुभएकाे हाे ।

अध्यक्षमा निर्वाचित यादवले ५ हजार ७ सय ४९ मत प्राप्त गर्नुभयाे । उहाँका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार महम्मद सलिम मन्सुरले ३ हजार ९ सय २६ मत पाउनुभयाे । यादवले मन्सुरलाई १ हजार ८ सय २३ मतको फराकिलो अन्तरले पराजित गर्नुभयाे ।

यस्तै गाँउपालिका उपाध्यक्षमा विजयी कांग्रेसकी उम्मेदवार बबिता सिंहले एमालेकी उम्मेदवार मीरादेवी कुर्मीलाई २ हजार १ सय ८६ मतअन्तरले पराजित गर्नुभयाे । बबिताले ५ हजार ५ सय ३१ मत पाउँदा एमाले उम्मेदवार मीरादेवीले भने ३ हजार ३ सय ४५ मत प्राप्त गर्नुभयाे ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया