कालीकाेटकाे पचालझरना गाउँपालिकामा माओवादी विजयी

 जेठ ६, २०७९ शुक्रबार १५:११:० | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट – कालीकाेटकाे पचालझरना गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार देवराज शाही (अग्नि) विजयी हुनुभएको छ । शाहीले दुई हजार तीन सय ६२ मत ल्याएर विजयी हुनुभएको हो । शाहीका प्रतिस्पर्धी नेपाली कांग्रेसका टेकबहादुर बोगटीले एक हजार सात सय २९ मत प्राप्त गर्नुभयाे ।

त्यस्तै गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकै अल्किना बम (बबिता) बिजयी हुनुभएको छ । बमले दुई हजार तीन सय ९८ मत प्राप्त गर्नु भएको छ । बमका प्रतिस्पर्धी नेकपा एमालेका रन रोकायाले एक हजार दुई सय ३६ मत प्राप्त गरेका छन् । पचालझरना गाउँपालिकाको वडा नं. ५ मा नेपाली कांग्रेसका उम्मेदवार वडा अध्यक्षमा विजयी भएका छन् भने अन्य सबै वडामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया