पर्साको छिपहरमाई गाँउपालिकामा एमाले विजयी

 जेठ ६, २०७९ शुक्रबार १७:१६:३ | केसी लामिछाने
unn.prixa.net

पर्सा – पर्साको छिपहरमाई गाँउपालिकाको अध्यक्षमा मनोज गुप्ता दोहोरिनुभएकाे छ । एमाले पर्साका सचिव पनि रहनुभएका मनाेज ४ हवार १ सय ८८ मतसहित विजयी हुनुभएकाे हाे ।

उहाँका निकटतम प्रतिद्वन्द्वी जसपाका उम्मेदवार इन्द्रासन कलवारले ३ हजार ३ सय २० मत प्राप्त गर्नुभएकाे छ । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार नवीन सिंह भने ३ हजार ५ सय २८ मत पाएर तेश्रो हुनुभयाे ।

गाँउपालिकाको उपाध्यक्ष भने नेपाली कांग्रेसले जितेको छ । उपाध्यक्षमा कांग्रेसकी उम्मेदवार लीलावती देवी कानु ३ हजार ८ सय १ मतका साथ निर्वाचित हुनुभयाे । उहाँकी निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार मोदीना खातुनले ३ हजार ५ सय ९० मत प्राप्त गर्नुभयाे ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया