म्याग्दीमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गयो

 जेठ ६, २०७९ शुक्रबार २०:३२:२० | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, भूरुङ–तातोपानीमा आज जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । 

बागलुङबाट मुस्ताङतर्फ टेकमाईन्स नेटवर्कको सामान लिएर जाँदै गरेको वाग्मती प्रदेश ०३००१ च ०४२३ नम्बरको बोलेरो जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरीका अनुसार सडकबाट अन्दाजी ७ मिटर तल खसेको जीपमा चालकसहित ५ जना सवार रहेकोमा गोरखा बारपाक गापा–४, का ३१ वर्षीय सन्तमान गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक राजन ढकालले बताउनुभयो ।

जीपमा सवार अन्य यात्रुहरु भने सामान्य घाइते भएको र चालकलाई प्रहरीको नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी समेत रहनुभएका प्रहरी निरीक्षक ढकालले जानकारी दिनुभयो । उहाँले दुर्घटनाको बारेमा थप अनुसन्धान भैरहेको पनि बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया