जनकपुरधाम उपमहानगर : स्वतन्त्र उम्मेदवार मनाेज साहलाई २ हजार ५४१ मतकाे अग्रता

 जेठ ७, २०७९ शनिबार १४:५६:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – धनुषाकाे जनकपुरधाम उपमहानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवार मनाेजकुमार साह आफ्ना निकटतम पर्तिस्पर्धी एमालेका शिवशंकर साह भन्दा २ हजार ५४१ मतले अगाडि हुनुहुन्छ ।  

ताजा मतगणना अनुसार साहले ८ हजार ४३६ मत प्राप्त गर्नुभएकाे छ । उहाँलाई नेकपा एमालेका शिवशंकर साह ५ हजार ८ सय ९५ मतसहित पछ्याइरहनुभएकाे छ । यस्तै मेयरमै लाेकतान्त्रि समाजवादी पार्टीका मनाेज चाैधरीले ३ हजार ४० मत प्राप्त मेयरकाे दाैडमा तेस्राे स्थानमा हुनुहुन्छ ।

उपमेयरमा नेपाली कांग्रेसकी किशाेरी साह ९ हजार ४४५ मत प्राप्त गर्दै शीर्षस्थानमा हुनुहुन्छ । उहाँलाई एमालेकी रूना झाले ६ हजार ९०४ मतसहित पछ्याइरहनुभएकाे छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया