३३ वर्षीय युवालाई कोहलपुर नगरको जिम्मेवारी

 जेठ ८, २०७९ आइतबार १४:४१:१९ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – बाँकेको कोहलपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका पूर्णप्रसाद आचार्य विजयी हुनुभएको छ । ३३ वर्षीय आचार्य १४ हजार एक सय ३४ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

आचार्यका प्रतिस्पर्धी नेकपा एमालेका खिलप्रसाद भुसालले १२ हजार दुई सय पाँच र नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र न्यौपानेले नाै हजार सात सय २५ मत पाउनुभयो । 

यसैगरी नगरपालिकाकाे उपमेयरमा पनि नेपाली कांग्रेसकै संगीता सुवेदी १४ हजार ७३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी एमालेकी अस्मिताकुमारी थारुले १३ हजार पाँच सय १७ र नेकपा एकीकृत समाजवादीकी नारायणी वलीले पाँच हजार ४२ मत प्राप्त गर्नुभयाे । 

उपमेयरमा विजयी सुवेदी

यसअघि ७० वर्षीय लुटबहादुर रावत नगरपालिकाकाे मेयर हुुनुहुन्थ्यो । रावत २०४९ र २०५४ मा साविक कोहलपुर गाविसको अध्यक्ष पनि हुनुभएकाे थियाे । 

एमालेको किल्लाको रूपमा रहेको कोहलपुरमा नेपाली कांग्रेसका तर्फबाट ३५ वर्षीय युवा उम्मेदवार आचार्यले सफलता प्राप्त गर्नुभएको हो ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया