तुलसीपुर उपमहानगरमा एमालेका खड्कालाई १ हजार ६ सय मतकाे अग्रता

 जेठ ९, २०७९ सोमबार ६:५१:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ - दाङको तुलसीपुर उपमहानगरपालिकामा एमालेको अग्रता कायमै छ ।

उपमहानगरको ४४ हजार १ सय मत गन्दा मेयरका उम्मेदवार एमालेका टीकाराम खड्काले १८ हजार ७ सय ४७ मत प्राप्त गर्नु भएको छ । उहाँ कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीभन्दा १ हजार ६ सय मतले अगाडि हुनुहुन्छ । गिरीले अहिलेसम्म  १७ हजार १ सय ४७ मत पाउनु भएको छ ।

यस्तै, उपमेयरमा पनि एमालेकी स्यानी चौधरीको अग्रता कायमै छ । उहाँ एकीकृत समाजवादीका जोगबहादुर रानाभन्दा ५ हजार ४ सय २६ मतले अगाडि हुनुहुन्छ । चौधरीले १८ हजार १ सय ३२ मत पाउँदा रानाले १२ हजार ७ सय ६ मत पाउनु भएको छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया