काठमाण्डौ महानगर : उपमेयरमा एमालेकी डङ्गोललाई ३० हजारभन्दा धेरै मतको अग्रता

 जेठ ९, २०७९ सोमबार ७:१७:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ  - काठमाण्डौ महानगरपालिकाको उपमेयरमा एमालेकी सुनिता डङ्गोलको अग्रता कायमै छ ।

ताजा मत परिणाम अनुसार डङ्गोलले ४६ हजार २ सय २१ मत पाउनु भएको छ । यो एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठको भन्दा ३० हजार ८ सय १० मतले धेरै हो । श्रेष्ठले अहिलेसम्म १५ हजार ४ सय ११ मत पाउनु भएको छ ।

उपमेयरमा एमालेकी सुनिता डङ्गोलले सुरुवातदेखि नै अग्रता लिइरहनु छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया