पाल्पाकाे रम्भा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले निर्वाचित

 जेठ ९, २०७९ सोमबार ८:४२:० | उज्यालो सहकर्मी
unn.prixa.net

पाल्पा - पाल्पाको रम्भा गाउँपालिकाको अध्यक्ष पदमा  नेकपा एमालेका विष्णुप्रसाद भण्डारी ५ हजार ५ सय ८३ मतसहित निर्वाचित हुनुभएको छ । उहाँ पुनः दोस्रो कार्यकालका लागि  निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका  दुर्गाप्रसाद अधिकारीले ४ हजार ५ सय ४२ मत पाउनुभएको छ।

गाउँपालिकाको उपाध्यक्ष पदमा एमालेकी राधादेवि श्रेष्ठ ५ हजार ७ सय १९ मतसहित पुनः दोस्रो पटक निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार विष्णुकुमार थापाले ५ हजार ५८ मत प्राप्त गर्नुभएको छ ।

अध्यक्षमा १ हजार ४६ र उपाध्यक्षमा ६ सय ७० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया