अटोरिक्सा दुर्घटना हुँदा १ जनाको ज्यान गयो, ३ जना घाइते

 जेठ १०, २०७९ मंगलबार २०:३९:४४ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – रोल्पाको सिमलबाङमा आज मङ्गलवार दिउँसो अटोरिक्सा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् ।

लिबाङबाट माडीचौर जाँदै गरेको रा १ ह ४३४७ नम्बरको अटो रोल्पा नगरपालिका २ सिमलबाङमा दुर्घटना भएकाे हाे । दुर्घटना अटाे चालक रोल्पा २ थलिबाङका २९ वर्षीय महेश कवरको ज्यान गएकाे हाे । 

यस्तै अटोमा चढेका रोल्पा ७ माडिचौरका ५३ वर्षीय दलबहादुर पुन, ५२ वर्षीय जानसिंह पुन र ४७ वर्षीय सहवीर खत्री घाइते भएका जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

घाइतेहरूको रोल्पा अस्पताल रेउघामा उपचार भइरहेको छ । अटो अनियन्त्रित भइ सडकबाट तल खसेको प्रहरीले जनाएकाे छ । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया