यी हुन् मत परिणाम सार्वजनिक हुन बाँकी ८ पालिका

 जेठ ११, २०७९ बुधबार ७:७:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पालिका चुनाव अन्तर्गत अब ८ वटा पालिकाको मात्रै अन्तिम परिणाम सार्वजनिक हुन बाँकी छ । ७ सय ५३ मध्ये ७ सय ४५ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ ।

अन्तिम परिणाम आउन बाँकी पालिकामा काठमाण्डौ महानगरपालिका, उदयपुरको त्रियुगा नगरपालिका र कटारी नगरपालिका, रौतहटको गरुडा नगरपालिका र फतुवा विजयपुर नगरपालिका, दाङको तुलसीपुर उपमहानगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र कपिलवस्तुको महाराजगञ्ज नगरपालिका रहेका छन् ।

पछिल्लो पटक पोखरा र ललितपुर महानगर र रौतहटको गढीमाई नगरपालिकाको नतिजा सार्वजनिक भएको छ ।  
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया