ललितपुर महानगरको मेयरमा कांग्रेसका चिरीबाबु र उपमेयरमा एमालेकी मञ्जली निर्वाचित

 जेठ ११, २०७९ बुधबार ७:२४:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण व्यञ्जनकारलाई १८ हजार १ सय ६२ मतान्तरले पराजित गर्नु भएको हो ।

ललितपुरमा ८६ हजार ५ सय ४० मत खसेकोमा महर्जनले ४२ हजार ७ सय २२ मत ल्याउनुभयो भने व्यञ्जनकारले २४ हजार ५ सय ६० मात्र मत ल्याउनुभयो । यस अघि २०७४ सालको पालिका चुनावमा पनि महर्जनले व्यञ्जनकारलाई पराजित गर्नु भएको थियो । त्यतिबेला महर्जनले ३ सय २६ मात्र मत अन्तरले व्यञ्जनकारलाई हराउनु भएको थियो ।

उपमेयरमा भने एमालेकी मञ्जली शाक्य निर्वाचित हुनु भएको छ ।  शाक्यले गठबन्धनबाट उठेका माओवादी केन्द्रका बाबुराज बज्रचार्यलाई ६ हजार ३ सय ३२ मत अन्तरले हराउनु भएको हो ।
 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया