अमेरिकाको टेक्ससमा गोली लागेर शिक्षकसहित १९ बालबालिकाको ज्यान गयो

 जेठ ११, २०७९ बुधबार ७:३६:६ | एजेन्सी
unn.prixa.net

अमेरिकाको टेक्ससमा गोली लागेर शिक्षकसहित १९ बालबालिकाको ज्यान गएको छ । एउटा प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गर्दा एक शिक्षक र कम्तीमा १९ जना विद्यार्थी मारिएका टेक्सस राज्यका गभर्नर ग्रेग याबटलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

गोली चलाउने १८ वर्षका युवकको पनि ज्यान गएको छ । राष्ट्रपति जो बाइडनले ज्यान गुमाएकाहरुको सम्झनामा तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिनुभएको छ । 
 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया