काठमाण्डाैकाे मेयरमा बालेन्द्र र उपमेयरमा सुनिताकाे जित सुनिश्चित

 जेठ ११, २०७९ बुधबार १२:५२:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह 'बालेन' र उपमेयरमा एमोलेकी उम्मेदवार सुनिता डंगोलको जित सुनिश्चित भएको छ । मतगणना सकिनुअघि नै उहाँहरुको जीत सुनिश्चित भएको हो ।

बालेन र सुनिता दुवैकाे आ-आफ्ना निकटतम प्रतिस्पर्धीसँगकाे मतान्तर गणना गर्न बाँकी मतभन्दा धेरै भएकाले जित निश्चित भएकाे हाे । अहिलेसम्म महानगरको एक लाख ७१ हजार ८ सय २ मत गणना भइसकेकाे छ । १९ हजार तीन सय मत गन्न बाँकी हुँदा २० हजार भन्दा बढी मतकाे अग्रता बनाउनुभएकाे छ । साहले ५५ हजार ७ सय ४७ मत प्राप्त गर्नु भएको छ । गठबन्धनका तर्फबाट कांग्रेसकी सिर्जना सिंहले ३५ हजार ३ सय ७१ र एमालेका उम्मेदवार केशव स्थापितले ३४ हजार ६  सय २६ मत पाउनु भएको छ ।

यस्तै उपमेयरमा  सुनिता डंगोलले ६० हजार ६ सय ७५ मत ल्याउनु भएको छ । यो एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठको भन्दा ३९ हजार ९ सय ८९ मतले धेरै हो । श्रेष्ठले अहिलेसम्म २० हजार ६ सय ८६ मत पाउनु भएको छ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया