सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
दाङ – दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका टिकाराम खड्का र उपमेयरमा पनि एमालेकै स्यानी चौधरी विजयी हुनुभएको छ ।
मेयरमा एमालेका उम्मेदवार खड्काले ३१ हजार चार सय आठ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका गेहेन्द्र गिरीले २७ हजार सात सय १७ मत प्राप्त गर्नुभयो ।
यस्तै उपमेयरमा एमालेकी चौधरीले ३० हजार पाँच सय ९७ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका जोगबहादुर रानामगरले २१ हजार ६५ मत प्राप्त गर्नुभयो । योसँगै ११ वटा उपमहानगरपालिकामध्ये सबैको अन्तिम नतिजा सार्वजनिक भएको छ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।