नेचासल्यानकाे उपाध्यक्षद्वारा ग्रामीण जीवनसँग जाेडिएका याेजना सार्वजनिक

 जेठ ११, २०७९ बुधबार १९:२९:३९ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित नेपाली कांग्रेसकी उम्मेदवार विना राईले आफ्ना प्रतिबद्धताबारे जानकारी गराउनुभएकाे छ । 

योजना अनुगमन, न्याय सम्पादनलगायतको मुख्य जिम्मेवारी रहने पद पालिका उपाध्यक्षमा निर्वाचित राईले भष्ट्राचार नियन्त्रण गर्ने प्रतिबद्धता जनाउनुभएको छ । पूर्वपत्रकार समेत रहनुभएकी राईले महिला हिंसामुक्त पालिका घोषणा गर्ने, गृहिणीलाई उद्यमी बनाउने, किशोरीलाई निःशुल्क प्याड वितरण गर्ने, पारदर्शिता र जवाफदेहिताका लागि सार्वजनिक सुनुवाइ गर्ने लगायतका ग्रामीण जीवनसँग जोडिएका योजना अघि सार्नुभएको छ । 

राई दुई हजार नौ सय ६ लाेकप्रिय मतसहित विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार सृजना सिंहले एक हजार सात सय ८१ मत प्राप्त गर्नुभयो । 

नेचासल्यानको अध्यक्षमा कांग्रेसका उम्मेदवार धनजन राई दुई हजार पाँच सय ६९ मत पाएर विजयी हुनुभएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया