नेपाली समाज विचलनतिर गइरहेकाे छ : प्रचण्ड

 जेठ १३, २०७९ शुक्रबार १५:५७:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली समाज विचलनतिर गइरहेको बताउनुभएको छ । 

आज शुक्रवरा शहीद कृष्ण सेन इच्छुकको २० औँ स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपाल र जनसांस्कृतिक महासङ्घ नेपालले काठमाण्डाैमा संयुक्त रूपमा आयोजना गरेको अन्तरक्रिया तथा पुरस्कार प्रदान समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपाली समाज विचलनतिर गइरहेको बताउनुभएको हो । उहाँले नेपाली समाज विचार र निष्ठाको आधारमा नचलेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘हामीले त निकै राम्रो राज्य, निकै राम्रो समाज निर्माण गर्ने भनेका छौँ । तर हामीले गर्ने काम चाहिँ हाम्रो भनाइसँग तालमेल भएकाे छैन । जसले गर्दा समाज रूपान्तरणको क्रान्तिकारी ढङ्गले अगाडि जानेतिर होइन अझ बढी दिग्भ्रमतिर, अझ बढी विचलनतिर गइराखेको छ र त्यो खतरा दिनप्रतिदिन बढ्दो छ । क्षणिक, व्यक्तिगत स्वार्थको निम्ति अस्वस्थ प्रतिस्पर्धामा हाम्रो समाज गइराखेको भान हुन्छ सबैलाई ।’

अध्यक्ष प्रचण्डले नयाँ खालको अनुसन्धान, आविष्कार र अभियानको खोजीमा केन्द्रित हुन आवश्यक रहेको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Bishnu prasad kandel

    May 27, 2022, 4:56 p.m.

    तपाइहरु जस्तो गुरुहरु बाट हुने रिजल्ट त्यही नै हो!!!

  •  0 Reply

तपाईको प्रतिक्रिया