रेनु दाहाल चढेकाे गाडी दुर्घटना, अवस्था ‘खतरामुक्त’

 जेठ १३, २०७९ शुक्रबार १६:२४:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

ललितपुर – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल चढ्नुभएकाे गाडी दुर्घटना भएको छ ।  

दाहाल चढ्नुभएकाे गाडी ललितपुर जावालाखेलको स्टाफ कलेज नजिकै टायर पन्चर भएर पोलमा ठोक्किएको जावालाखेल प्रहरीले जनाएको छ ।  

दुर्घटनाका कारण दाहालको टाउकोमा चोट लागेको छ । उहाँको अहिले सुमेरु अस्पतालमा उपचार भइरहेको छ । उहाँको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएकाे छ ।  

मेयर दाहाल केही समयदेखि खुमलटार बस्दै आउनुभएको थियो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया