बजेटमा मधेस प्रदेश पूर्णरूपमा ठगिएकाे छ : सांसद यादव

 जेठ १८, २०७९ बुधबार १४:७:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद प्रदीप यादवले सरकारले ल्याएको आउँदाे आर्थिक वर्षको बजेटमा मधेश प्रदेश पूर्णरूपमा ठगिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । 

आज बुधवारकाे प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद यादवले मधेस प्रदेशको लाइफलाइनको रूपमा रहेको हुलाकी राजमार्गमा बजेट थोरै विनियोजन गरेको उल्लेख गर्दै त्यसमा पुनर्विचार गर्न पनि अर्थमन्त्री जनार्दन शर्मालाई दबाब दिनुभयो ।

उहाँले भन्नुभयो,  ‘यो बजेटमा मधेस प्रदेश पूर्णरूपमा ठगिएको छ भन्ने महसुर गरिएको छ । हुलाकी सडकमा थोरै बजेट राखिएको छ । मधेस प्रदेशलाई दिने अनुदान पनि गठबन्धन सरकारले घटाएको छ । यसले गर्दा भाेलि सङ्घीयतामाथि नै खतरा हुन्छ कि भन्नेमा पनि पुनर्विचार होस् ।’

सांसद यादवले बजेटमा कुनै पनि खास योजना मधेस प्रदेशका लागि नछुट्याएकाे भन्दै पुनर्विचार गर्न पनि सरकारसँग माग गर्नुभयो । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया