युक्रेनलाई अत्याधुनिक हतियार दिने निर्णय गरेर अमेरिकाले आगोमा घ्यू थप्याे : रुस

 जेठ १९, २०७९ बिहिबार ७:५:५८ | एजेन्सी
unn.prixa.net

पश्चिमा देशहरुले युक्रेनलाई थप अत्याधुनिक हतियार उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

जर्मनीले युक्रेनलाई आधुनिक एन्टि–एयरक्राफ्ट मिसाइल र राडार प्रणालीहरू आपूर्ति गर्ने बताएको छ । त्यस्तै अमेरिकाले पनि उच्च प्रविधियुक्त, मध्यम–दूरीका रकेट प्रणाली समावेश भएका हतियार प्याकेज प्रदान गर्ने जनाएको छ ।

नयाँ रकेट प्रणाली युक्रेनलाई अहिले दिएका अस्त्रभन्दा निकै लामो दूरीसम्म प्रहार गर्न सक्ने क्षमताका छन् । युक्रेनलाई थप परिष्कृत हतियार दिने यो निर्णयलाई रुसले आगोमा घ्यू खन्याएको प्रतिक्रिया दिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अत्याधुनिक हतियार उपलब्ध गराउने पुष्टि गरेपछि रुसको पछिल्लो प्रतिक्रिया आएको बीबीसीले जनाएको छ। क्रमेलिनका प्रवक्ता दिमित्री पेश्कोभले ती अस्त्रहरू रुसभित्र लक्षित नगरिने भन्ने किएभको वाचालाई अस्वीकार गर्नुभएको छ ।

यसैबीच पूर्वी युक्रेनको रणनीतिक सहर सेभेरोडोनेट्स्कका क्षेत्रीय गभर्नरले अब सहरको झन्डै २० प्रतिशत भू–भाग मात्र आफ्नो पकडमा रहेको जनाएका छन्।
 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया