नेपालीकाे औसत आयु नै थाेरै भएकाले वृद्ध भत्ता दिने उमेर घटाइएकाे हाे : अर्थमन्त्री शर्मा

 जेठ २०, २०७९ शुक्रबार १७:३५:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले नेपालीको औसत आयु नै थोरै भएकाले सामाजिक सुरक्षा भत्ता दिने उमेर कम बनाइएको बताउनुभएको छ । 

बजेट छलफलमा उठेका प्रश्नको आज शुक्रवार प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै अर्थमन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘विपन्न नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिने उमेर कम गरेको विषय छ । नेपालको १५ औँ आवधिक योजनाले निकालेको निष्कर्षअनुसार नेपालीको औसत आयु ६९ दशमलव ७ वर्ष रहेछ । ती वर्गलाई पनि सामाजिक सुरक्षामा ल्याउने उद्देश्यका साथ सामाजिक सुरक्षा भत्ता पाउने उमेर ६८ वर्ष बनाइएको छ ।’

यो भन्दाअघि ७० वर्षमा वृद्ध भत्ता दिइँदै आएकोमा आउँदाे आर्थिक वर्षको नयाँ बजेटमा उमेर घटाएर ६८ वर्ष पुर्‍याइएकाे छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया