युद्धले अफ्रिकी देश र नागरिक मारमा परेको अफ्रिकी युनियन प्रमुखको पुटिनसँग गुनासो

 जेठ २१, २०७९ शनिबार १२:२:६ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अफ्रिकी युनियन प्रमुख मर्की सलले भेटवार्ता गर्नुभएको छ ।

रुसमा भएको भेटमा अफ्रिकन युनियनका प्रमुख सलले रुस–युक्रेन युद्धका कारण अफ्रिकी देश र नागरिक निक्कै मारमा परेको गुनासो समेत गर्नुभएको छ । साथै अहिले देखिएको सङ्कट तत्काल अन्त्यका लागि आवश्यक सहजीकरण गर्न पनि आग्रह गर्नुभएको बीबीसीले जनाएको छ ।

अफ्रिकामा खपत हुने गहुँको ४० प्रतिशत आयात रुस र युक्रेनबाट हुने गरेको छ । तर युद्ध सुरु भएपछि युक्रेनी बन्दरगाहबाट हुने निर्यात ठप्प जस्तै छ । किएभले बन्दरगाहमा रुसले रोक लगाएको आरोप लगाउँदै आएको छ । उत्पादन नहुँदा अफ्रिकामा खाद्यान्न अभाव छ ।

संयुक्त राष्ट्र सङ्घको विश्व खाद्य कार्यक्रमका प्रमुख माइक डन्फर्डले गएको वर्ष खानेकुराको अभाव झेलिरहेका मानिसको सङ्ख्या पाँच करोड रहेकोमा यो वर्ष आठ करोडभन्दा धेरै हुने बताउनुभएको छ । सेनेगलका राष्ट्रपति समेत रहेका सलले पुटिनलाई धेरै टाढा रहे पनि अफ्रिकाका देश र नागरिक आर्थिक समस्याले पीडित रहेकोबारे जानकार रहन पनि अनुरोध गर्नुभएको छ ।

साथै आफूले एसिया, मध्यपूर्व र ल्याटिन अमेरिकी देशहरूको तर्फबाट समेत अनुरोध गरेको उहाँको भनाइ छ । भेटमा रुसी राष्ट्रपति पुटिनले आफू अफ्रिकी देशहरूको पक्षमा रहेको बताए पनि खाद्यसङ्कटबारे स्पष्ट नपारेको खबरमा उल्लेख छ ।
 

अन्तिम अपडेट: असार ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया