अमेरिकाको कारण युक्रेनमा पहिले प्रहार नगरेका लक्ष्यहरूमा प्रहार गर्न बाध्य हुनेछौँ : पुटिन

 जेठ २२, २०७९ आइतबार १७:११:२ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अब युक्रेनमा लामो दुरीका क्षेप्यात्रमार्फत आक्रमण बढाउने चेतावनी दिनुभएको छ । अमेरिका र युरोपेली देशले युक्रेनलाई लामो दुरीमा मार हान्न सक्ने हतियार प्रदान गरेर युद्धलाई लम्ब्याउने र रुसलाई उत्तेजित बनाउने काम गरेको भन्दै राष्ट्रपति पुटिनले अब थप आधुनिक हतियारका साथ नयाँ लक्ष्यमा प्रहार गर्ने चेतावनी दिनुभएको समाचार संस्था एएफपीले जनाएको छ । 

एक रुसी टेलिभिजनलाई दिएको अन्तर्वार्तामा पुटिनले युक्रेनलाई थप हतियार आपूर्ति गरेमा मस्कोले उपयुक्त हतियारको परिचालन गर्ने बताउनुभएको छ । पुटिनले भन्नुभएको छ, ‘किएभलाई त्यस्ता क्षेप्यास्त्रहरू उपलब्ध गराइयो भने हामीले उपयुक्त निष्कर्ष निकाल्नेछौँ र हाम्रा हतियारहरू प्रयोग गर्नेछौँ, हामीले पहिले प्रहार नगरेका लक्ष्यहरूमा प्रहार गर्न बाध्य हुनेछौँ ।’

गएको अप्रिल २८ पछि रुसले आज आइतवार फेरि युक्रेनकाे राजधानी किएभमा आक्रमण गरेको छ । किएभमा फेरि आक्रमण थालेर रुसले अमेरिका र अन्य पश्चिमा देशलाई सन्देश दिन खोजेको खबरमा उल्लेख छ ।

अमेरिकाले युक्रेनलाई ८० किलोमिटरसम्म मार हान्न सक्ने अत्याधुनिक हिमर्स मल्पिटल रकेट प्रणाली भएका हतियार पठाउन थालेको छ । सैन्य विज्ञका अनुसार यो प्रणालीले युक्रेन थप बलियो हुनेछ र राजधानी किएभबाट सिधै रुससम्म मार हान्न सक्छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया