मुग्लिन हुँदै चल्ने सबै गाडी रोकिए : ठूलाे पानी र पहिरो खसिरहेकाले हटाउन समस्या

 जेठ २६, २०७९ बिहीबार ७:५७:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - पहिरोका कारण नौबिसे–मुग्लिन र मुग्लिन-नारायणगढ सडक खण्ड ठप्प भएको छ । घोप्टेभिरमा ठूलो पहिरो खसेकाले गएराति ११ बजेदेखि नै नौबिसे – मुग्लिन सडक खण्ड ठप्प छ।

पहिरो हटाउन एक्स्काभेटर र डोजर तयारी अवस्थामा राखिए पनि ठूलो वर्षासँगै पहिरो पनि खसिरहेकाले समस्या भएको त्यहाँ रहेका प्रहरी निरीक्षक एवम् मुग्लिनका इन्चार्ज  सुन्जित तामाङले जानकारी दिनुभयो । उहाँकाअनुसार ठूलाठूला ढुङ्गासहित पहिरो खसिरहेको छ ।

पानी पनि ठूलो परिरहेकाले पहिरो हटाउन सकिएको छैन । पानी पर्न रोकिएपछि मात्रै पहिरो हटाउन थाल्ने उहाँले बताउनुभयो । ठूलो पहिरो खसेपछि यो सडक खण्ड हुँदै चल्ने गाडीलाई नाका नाकामै रोकिएको छ ।

काठमाण्डौको कलङ्की, थानकोट र नागढुङ्गामा गाडी रोकिएको छ भने मुग्लिन र नारायणगढमा पनि गाडी राेकिएको छ । यस्तै, पोखराबाट काठमाण्डौ छुट्ने गाडीलाई पनि उतै रोकेको प्रहरी निरीक्षक तामाङले बताउनुभयो ।

यस्तै, गएराति नै  चितवनको इच्छाकामना गाउँपालिका–६ तोपेखोलामा रहेको  नाम्सी पुलमा पहिरो खसेपछि मुग्लिन - नारायणगढ सडक पनि बन्द भएको छ । रातिदेखि नै सडक ठप्प हुँदा यात्रु अलपत्र परेका छन् । 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया