अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख फ्लिन नेपालमा

 जेठ २६, २०७९ बिहीबार १६:२१:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिन नेपाल आइपुग्नुभएको छ । चार दिने औपचारिक भ्रमणका लागि आज बिहीवार नेपाल आइपुग्नुभएका फ्लिनलाई त्रिभुवन विमानस्थलमा नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्कीले स्वागत गर्नुभयो । 

प्लिनकाे भ्रमण सद्भावना र मैत्रीपूर्ण रहेको नेपाली सेनाले जनाएको छ । तर असारमा हुने प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माको सम्भावित अमेरिका भ्रमणअघि अमेरिकी सैनिक जनरलको नेपाल भ्रमणलाई महत्त्वका साथ हेरिएको छ । 

जनरल फ्लिनले भोलि शुक्रवार सैनिक मुख्यालय जङ्गी अड्डा भ्रमण गर्ने र प्रधानसेनापति शर्मासँग भेटवार्ताको तालिका रहेको छ । उहाँ पर्सि शनिवार माउन्टेन फ्लाइट र सगरमाथा आधार शिविर पनि जानुहुनेछ । यस्तै उहाँ आइतवार पाँचखालको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा जानुहुनेछ । 

भ्रमणका क्रममा फ्लिनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा लगायत उच्च पदस्थ व्यक्तिसँग भेटवार्ताको कार्यक्रम पनि रहेको छ । 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया