मनसुन ४ वटा प्रदेशमा फैलियो : लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा केही दिन लाग्ने

 जेठ २७, २०७९ शुक्रबार १७:४:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गएको आइतवार नेपाल प्रवेश गरेको मनसुन प्रदेश १, मधेस, बाग्मती हुँदै गण्डकीसम्म पुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार देशका बाँकी प्रदेशमा केही दिनभित्रै मनसुनी प्रणाली प्रवेश हुनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा केही दिनपछि यस वर्षको मनसुन प्रवेश गर्ने अनुमान छ ।

यस वर्ष सरदर मितिभन्दा एक हप्ता अगाडि नै नेपालको पूर्वी भागबाट मनसुन प्रवेश गरेको थियो । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो ।

आज प्रदेश १, मधेस, बाग्मती र गण्डकी प्रदेशमा मौसम बदली रहेको छ । ती क्षेत्रका पहाडी भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया