सर्लाहीमा मामाको हत्या आरोपमा एक युवा पक्राउ

 जेठ २८, २०७९ शनिबार १८:४१:२७ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही - सर्लाहीमा मामाको हत्या आरोपमा एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

लालबन्दी नगरपालिका वडा नम्बर १७ का ४५ वर्षका अशोक विकको हत्या आरोपमा भान्जा ३१ वर्षका रवि विकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रविको काकाको तरकारी बारीमा दुवै जना काम गरिरहेको बेला विवाद हुँदा रविले अशोकको टाउकोमा बाँसको भाटाले हिर्काएका थिए ।

गम्भीर घाइते भएका अशोकलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया