श्रीलङ्कामा कृषि उत्पादन बढाउन शुक्रवार पनि सार्वजनिक बिदा

 जेठ ३१, २०७९ मंगलबार १८:५:१ | एजेन्सी
unn.prixa.net

तस्बिर : द हलाे ट्रस्ट

काठमाण्डाै – श्रीलङ्काले कृषि प्रवर्द्धनका लागि शुक्रवार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसअघि हप्ताको शनिवार र आइतवार सार्वजनिक बिदा दिँदै आएको श्रीलङ्काले अब हप्ताको तीन दिन बिदा दिन लागेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । 

मन्त्रिपरिषद् बैठकले सरकारी कर्मचारीलाई कृषि कर्ममा प्रोत्साहन गरी देशको कृषि उत्पादन बढाउनका लागि शुक्रवार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

यस्तै सरकारले वैदेशिक रोजगारीमा जान चाहने सरकारी कर्मचारीलाई पाँच वर्षसम्म बेतलबी बिदा दिने निर्णय पनि गरेको छ । प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले केही दिनअघि आफ्नो देशले चरम खाद्यान्न अभावको सामना गरिरहेको बताउनुभएको थियो । विज्ञहरूले पनि अत्यावश्यक खाद्यवस्तुको उत्पादन कम भएकाले आउँदो सेप्टेम्बरदेखि चामल र अन्य खाद्यवस्तुको अभाव हुने चेतावनी दिएका छन् । 

खाद्य अभाव टार्नको लागि श्रीलङ्काले यसअघि नै वृक्षरोपण कम्पनीहरूको स्वामित्वमा रहेका र प्रयोगमा नरहेका सबै जग्गामा खेती गर्ने निर्णय गरिसकेको छ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया