कर्णालीका मुख्यमन्त्री कँडेललाई विश्वासकाे मत
बैशाख १३, २०८१ बिहिबार
दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका ५ कि मीना भण्डारी बस्नेतले लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला खत्री वलीविरुद्ध जिल्ला प्रहरी कार्यालय घोराहीमा उजुरी दिनुभएको छ ।
मीनाले आफू र छोरीमाथि अनाहकमा घरभित्रै पसेर कुटपिट गरेको तथा घरका सरसामान जथाभाबी फालिदिएको भन्दै वलीविरुद्ध किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ ।
मीनाका पति एकराज बस्नेत भने सम्पर्कविहीन रहेका र उनकाे खोजी भइरहेकाे प्रहरीले जनाएको छ । राज्यमन्त्री वलीलाई बुटवल पठाइएको छ ।
विमलाले बिहान तुलसीपुर नगरपालिका वडा नम्बर ५ का एकराज बस्नेतको घरमा गएर एकराजकी श्रीमती मीना भण्डारी बस्नेत र उनकी छोरीलाई हातपात गरेपछि प्रहरीले पक्राउ गरेको हो ।
विमलाको कुटाइबाट मीनाको अनुहार र छातीमा चोट लागेको र कपडा च्यातिएको प्रहरीले जनाएको छ । राज्यमन्त्री वलीले एकराज बस्नेत आफ्नो श्रीमान् रहेको दाबी गर्दै आफूहरूमाथि कुटपिट गरेको पीडित मीना भण्डारीको भनाइ छ ।
विमला एकराजको घरमा सुरक्षागार्डसहित झण्डावाल गाडीमा पुग्नुभएको प्रहरीले जनाएको छ । विमलालाई प्रहरीले इलाका प्रहरी कार्यालयबाट बाहिर निकाल्दा पीडितका आफन्तले कारबाहीको माग गर्दै नाराबाजी गरेका थिए ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।