रुसको कुर्स्क क्षेत्रमा ३० जना उत्तर कोरियाली सैनिक मारिए वा घ...
पुस १, २०८१ सोमबार
काठमाण्डाै - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता नहुने बताउनु भएको छ।
पार्टी कार्यालय पेरिसडाँडामा रितबहादुर खड्काको स्मृति दिवसलाई सम्बोधन गर्दै प्रचण्डले अहिले एसपीपी सैनिक सम्झौता हुँदैछ रे.. भनेर राष्ट्रवादको झुटो प्रचार गरिएको बताउनुभयो । उहाँले त्यस्तो कुनै सम्झौता नभएको र नहुने पनि बताउनुभयो ।
एसपीपी सम्झौता कार्यान्वयन गर्ने काम बरु सन् २०१९ मै केपी शर्मा ओलीकै सरकारको पालामा भएको तथ्यहरू बाहिर आएको प्रचण्डको भनाइ छ । उहाँले नेपालको राष्ट्रिय स्वाधीनता र नेपालको विकास र समृद्धिका पक्षमा द्धृढताका साथ उभिने भन्दै सत्ता गठबन्धन यस्तो कुराकाे पछि नलाग्ने पनि दाबी गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।